कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज रिट निवेदन खारेजीको फैसला गरेको हो । 

    अदालतले उक्त रिट निवेदन खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

    सो आयोजनाविरुद्ध विसं २०७८ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ । फैसलाको लिखित पाठ आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij