३ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ७६ हजारले गरे हवाई यात्रा

३ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ७६ हजारले गरे हवाई यात्रा

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • ३ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ७६ हजारले गरे हवाई यात्रा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट २१ लाख ७६ हजार यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार २०२४ जुलाईदेखि सेप्टेम्वरको बीचमा २१ लाख ७६ हजार १ सय २६ जनाले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका हुन् । 

    अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २ सय ४२ जना यात्रुले यात्रा गरेका छन् । जसमध्ये ५ लाख ४६ हजार १ सय ५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेका छन् ।  तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।

    यस्तै, आन्तरिकतर्फ तीन महिनामा १० लाख ३५ हजार ८ सय ८४ जनाले यात्रा गरेका छन् । जसमध्ये ५ लाख १४ हजार ६ सय ३६ यात्रु काठमाडौंमा अवतरण गरेका छन् । ५ लाख २१ हजार २४८ जना यात्रु काठमाडौंबाट प्रस्थान गरेका छन् । तीन महिनामा कुल २२ हजार ८ सय ४६ उडान÷ अवतरण भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij