कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समय बन्द हुने भएको छ । विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको हो ।

    नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले २०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् ।

    यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण हुँदैछन् । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ । यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।

    प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।

    यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । तर, प्राधिकरणले भने उडान÷अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij