ललिता निवासको जग्गा प्रकरणमा फैसला भोलि मात्र आउने

ललिता निवासको जग्गा प्रकरणमा फैसला भोलि मात्र आउने

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • ललिता निवासको जग्गा प्रकरणमा फैसला भोलि मात्र आउने

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको मुद्दाको फैसला बिहीबार मात्र आउने भएको छ।  बुधबार नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको हो । 

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij