निपोन फार्मास्युटिकल्सको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

निपोन फार्मास्युटिकल्सको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • निपोन फार्मास्युटिकल्सको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

    काठमाडौं । औषधी व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्री नगर्न आग्रह गरेको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो । 

    इभोरिन सिरप नामको औषधीको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका क्रममा औषधीको प्याकिङमा चुहावट भेटिएपछि विभागले बिक्री वितरणमा रोक लगाउन आग्रह गरेको हो ।

    विभागले उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij