शिक्षक सेवा आयोगले माग्यो निम्न माध्यमिक तहका लागि ७७८ शिक्षक

शिक्षक सेवा आयोगले माग्यो निम्न माध्यमिक तहका लागि ७७८ शिक्षक

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • शिक्षक सेवा आयोगले माग्यो निम्न माध्यमिक तहका लागि ७७८ शिक्षक

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ७ सय ७८ जना शिक्षक माग गरेको छ । एक सुचना जारी गर्दै आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७ सय ७८ जना शिक्षकको लागि विज्ञापन खुला गरेको हो ।

    आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।

    त्यस्तैगरी विज्ञान विषयको लागि १ सय ६३, सामाजिक विषयको लागि १ सय २२, गणित विज्ञानको लागि ६५ पदको लागि, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १÷१ जना र संस्कृत भाषाको लागि ५ जना माग गरेको छ । 

    आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ । 

    आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij