बत्तीको पोलमा चढ्दा करेन्ट लागेर काठमाडाैंमा एकजनाको मृत्यु

बत्तीको पोलमा चढ्दा करेन्ट लागेर काठमाडाैंमा एकजनाको मृत्यु

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • बत्तीको पोलमा चढ्दा करेन्ट लागेर काठमाडाैंमा एकजनाको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​ तारकेश्वर नगरपालिका १० मनमैजु घले पुलस्थित बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

    उनको मंगलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij