२०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण [सूचीसहित]

२०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण [सूचीसहित]

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • २०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण [सूचीसहित]

    काठमाडाैं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।

    सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको छ । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    मन्त्रालयले  सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ । जसअनुसार सबै सरकारी कार्यालयहरूमा २०८१ साल वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । यसैगरी २०८१ साल कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij