काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा २०।२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको जनाइएको हो ।
अघिल्लो सर्वेक्षण २०६६÷६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ।
सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। काठमाडौमा ७ प्रतिशत र सुदुर पश्चिममा ४० प्रतिशत नेपाली गरिब रहेको देखिएको छ । अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको जनाइएको छ ।
चौथो जीवनस्तर सर्वेक्षणका अनुसार सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत रहेको पाइएको छ । यसपछि गरिबीको दर कर्णालीमा पाइएको छ ।
कर्णालीमा २६.६९ प्रतिशत गरिवीको दर पाइएको हो । सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत गरिबीको दर भेटिएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, वागमतीमा १२.५९, मधेशमा २२.५३ र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर छ ।
गरिबीको रेखा निर्धारण गर्दा उपभोग्य वस्तुमा हुने खर्चका आधारमा गरिबीको रेखा निर्धारण गरिएको हो ।