जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।

    यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए । 

    1707719413-jHvZ1.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij