काठमाडौं । विभिन्न सेवामा १४ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल लेखापरीक्षण सेवाका ४ जना, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ ३ जना, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फत २ जना तथा तथा अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ ५ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।