काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँमा आगलागी भएको छ । आइतबार दिउँसो डिभिजन परिसरमै रहेको कार्यालय प्रमुखको क्वाटरमा आगलागी भएको हो ।
आगलागीका कारण प्रमुख नारायणदक्त भण्डारीको व्यक्तिगत सामान जलेर नष्ट भएको छ । आगलागीबाट कार्यालयका कुनै पनि महत्वपूर्ण सामानमा क्षति नपुगको प्रहरीले जनाएको छ ।
आगलागी हुने वित्तिकै पाँचवटा दमकलले नियन्त्रणमा लिएको थियो ।