काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।