ललितपुरको इमाडोलमा एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु

ललितपुरको इमाडोलमा एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • ललितपुरको इमाडोलमा एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु

    ललितपुर । ललितपुरको इमाडोलमा एकै परिवारका दुई नावालकसहित तीन जनाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ मा शनिवार अपरान्ह दुई बालबालिका र उनीहरूकी आमाको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार, इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका छ बर्ष र दुई बर्षका छोराछोरीको मृत्यु भएको छ । रविनाले तीन तलाबाट हाम्फालेको बताइएको  छ । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए । 

    यस्तै घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij