मालपोत कार्यालयद्धारा बाँसबारी जग्गा फिर्ताको प्रक्रिया शुरु

मालपोत कार्यालयद्धारा बाँसबारी जग्गा फिर्ताको प्रक्रिया शुरु

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • मालपोत कार्यालयद्धारा बाँसबारी जग्गा फिर्ताको प्रक्रिया शुरु

    काठमाडौं । तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउँने प्रक्रिया शुरु गरिएको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित हुन पत्र काट्दै जग्गा फिर्ताको प्रकृया थालनी गरेको हो । 

    मालपोतले टोखा नगरपालिका–६ का वडाध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बिहिवार पत्र बुझाएको हो । च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ को क्षेत्रफल ०४६०७.२० बर्ग मीटर जग्गा र सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० बर्ग मीटर जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन माघ २४ गतेको आदेश अनुसार त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको पत्रमा उल्लेख छ ।

    पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुन पत्रमा सुचना गरिएको छ । सो जग्गा हिनामिना गरेको आरोपमा माघ १८ गते चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना अदालतको आदेशमा बुधवार रिहा भएपछि जग्गा सरकारका नाममा फिर्ता गर्ने प्रकृया अघि बढाइएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij