काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको वैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ ।