जीतपुरसिमराका वडाअध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा

जीतपुरसिमराका वडाअध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • जीतपुरसिमराका वडाअध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । घुस लिएको ५ लाख रुपैयाँसहित पक्राउ परेका कार्कीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा आयोगले मुद्दा दायर गरेको हाे । 

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घरबाटो सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए ।

    सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले कार्की क्षेत्रीलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

    आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij