सुन तस्करीका अभियुक्त दावा छिरिङकी पत्नी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

सुन तस्करीका अभियुक्त दावा छिरिङकी पत्नी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • सुन तस्करीका अभियुक्त दावा छिरिङकी पत्नी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

    काठमाडौं । सुन तस्करीका अभियुक्त दावा छिरिङकी पत्नी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । ६० किलो सुन तस्करीमा संलग्न रोका विरुद्ध न्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको हो । 

    ‘ब्रेक शू’ मा लुकाएर हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध इन्टरपोलले ५ फेब्रुअरीमा डिफ्युजन जारी गरेको हो । 

    अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।

    अमला ठमेलमा रहेको ‘होटेल भियना’ को सञ्चालिका हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij