काठमाडौं । सोमबार मुलुकका छ प्रदेशका विभिन्न भागमा बर्षाको सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका कतिपय क्षेत्रमा सामान्य बर्षा हुनेछ । छ वटै प्रदेशमा आज आंशिक बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको बिभागकाे भनाइ छ ।
सोमबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा राती हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।