काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि तोकिएका सातै प्रदेशका मुख्य निर्वाचन आयुक्त परिवर्तन भएका छन् । यसअघि निर्वाचन अधिकृतका रुपमा तोकिएका न्यायाधिशहरु उच्च अदालतको न्यायाधिशमा नियुक्त भएपछि आयोगले आज सूचना जारी गर्दै नयाँलाई जिम्मेवारी दिएको हो ।
निर्वाचन आयोगका अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङ र बागमतीमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेल निर्वाचन अधिकृत तोकिएका छन् ।
यसैगरी, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य, लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अववस्थीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
१९ सदस्य चयनका लागि राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।