आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको सरूवा

आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको सरूवा

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको सरूवा

    काठमाडौं । अर्थ मन्त्रालयका सात सहसचिवको सरूवा भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले  आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको कार्यभार हेरफेर गरेका हुन् । 

    मन्त्री महतले विभागका महानिर्देशक दीर्घराज मैनालीको स्थानमा मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराललाई पठाएका छन् । मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमै फर्काइएको छ । मैनाली विभागको महानिर्देशक हुनुअघि पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए । 

    मन्त्री महतले सेवन्तक पोखरेललाई भन्सार विभागबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखमा पठाएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा ल्याइएको छ । त्यसैगरी सहसचिव नारायण रिजाललाई बराल प्रमुख रहेको संस्थान समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । 

    महेश आचार्यलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ । टंकप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागबाट भन्सार विभागमा लगिएको छ । 

    अर्थ मन्त्रालय मातहतका चार उपसचिव पनि सरुवा भएका छन् । मन्त्रालय स्रोतका अनुसार, उपसचिव बुद्धिप्रसाद आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय धरानको कामु कर अधिकृतको जिम्मेवारी दिइएको छ । 

    प्रमोदकुमार श्रीवास्तवलाई आन्तरिक राजस्व कार्यालय पोखराबाट बागलुङ, आन्तरिक राजस्व कार्यालय डडेलधुराका कामु कर अधिकृत वासुदेव पौडेललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । कृष्णप्रसाद मौनजालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij