कोरला नाका १५ दिनको लागि बन्द हुने

कोरला नाका १५ दिनको लागि बन्द हुने

शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • कोरला नाका १५ दिनको लागि बन्द हुने

    काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ र छिमेक राष्ट्र चीन जोड्ने कोरला नाका १५ दिन बन्द हुने भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले सूचना जारी गर्दै १५ दिन बन्द गर्ने जानकारी दिएको हो । 

    गएको कात्तिक २७ गते देखि नेपाल र चीन बिचको व्यापारिक नाका कोरला खुल्ला भएकोमा यही २०८० साल माघ २५ गते देखि २०८० फागुन १० गतेसम्म  १५ दिन बन्द हुने जनाएको छ । चीनतर्फ चार्ड पर्व परेको कारणले गर्दा नाका बन्द रहने भएकोले स्थानीय बासिन्दा, व्यापारी तथा सरोकारवालाहरूलाई सोको सूचना दिन आवश्यक रहेकोले सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । 

    २०८० फागुन ११ गते नाका साबिकै अवस्थामा खुल्ला हुने भएकाले नाका बन्द हुनु भन्दा पहिला नै आफ्ना केही लेनदेन भएको भए मिलान गरी सहज रहन समेत गाउँपालिकाले आग्रह गरेको छ । व्यापारी तथा सर्वसाधारणले चिनियाँ बजारमा सामान खरिद गर्नु वा खरिद गरी सकेको आफ्नो सामान नेपाल तर्फ ल्याउनु पर्ने भए माघ २४ भित्रै व्यवस्थापन गर्न समेत गाउँपालिकाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij