लेबनानमा शान्ति सेनामा तैनाथ दोलखाका थापाको मृत्यु

लेबनानमा शान्ति सेनामा तैनाथ दोलखाका थापाको मृत्यु

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • लेबनानमा शान्ति सेनामा तैनाथ दोलखाका थापाको मृत्यु

    काठमाडौँ । लेबनानमा शान्ति स्थापनार्थ रहेका एक नेपाली सेनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण शान्ति सेना ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको हो ।

    दोलखा निवासी थापा सो गण हडक्र्वाटरको बङ्करमा ड्युटीमा रहँदा बिहिवार आफैँले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेलापरेका थिए । उनको उपचारका क्रममा शुक्रवार मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए । सो मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा अनुसन्धान भइरहेको नेपाली सेनाले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij