अरुण चौधरी र अजितमानसिंह थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

अरुण चौधरी र अजितमानसिंह थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • अरुण चौधरी र अजितमानसिंह थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले राससलाई जानकारी दिए ।  

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।

    बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij