नेपाल प्रहरीका एसपी रमेश बस्नेत एसएसपीमा बढुवा

नेपाल प्रहरीका एसपी रमेश बस्नेत एसएसपीमा बढुवा

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • नेपाल प्रहरीका एसपी रमेश बस्नेत एसएसपीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक ९एसपी० रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

    माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij