बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

    काठमाडौं । बैतडीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

    दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको छ । जिल्लाको दोगडाकेदार–२ कटौजपानीमा जिप दुर्घटनामा परेको हो ।

    सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौजपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए I

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij