नारायणहिटी दरबारको पर्खाल भत्काउन महानगरपालिकाले पठायो दोस्रो पत्र

नारायणहिटी दरबारको पर्खाल भत्काउन महानगरपालिकाले पठायो दोस्रो पत्र

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • नारायणहिटी दरबारको पर्खाल भत्काउन महानगरपालिकाले पठायो दोस्रो पत्र

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाले पुनः तोकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३ (१५)बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।

    प्रस्तुत विषयमा काठमाडौँ महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन आग्रह गर्दछौँ’ महानगरपालिको जारी पत्रमा भनिएको छ । 

    यसअघि सोही ब्यहोराको पत्र मिति २०८०/०९/र१३ द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो । तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

    170.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij