आगलागीमा परेर ३९ जनाको मृत्यु,  नौ घाइते

आगलागीमा परेर ३९ जनाको मृत्यु,  नौ घाइते

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • आगलागीमा परेर ३९ जनाको मृत्यु,  नौ घाइते

    काठमाडौं । आगलागीमा परेर चीनमा ३९ जनाको मृत्यु  भएको छ । थप नौ जना घाइते भएका छन् । 

    पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरको एउटा भवनमा बुधबार दिउँसो करिब ३ बजेदेखि आगलागी भएको थियो । आगो राति ९ बजे मात्र पूर्ण रूपमा निभाइएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । घाइते भएका नौजनाको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । घाइतेमध्ये आठजना गम्भीर अवस्थामा रहेको बताइएको छ ।

    ६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको घरबाट आगलागी सुरु भएको बताइएको छ । बेसमेन्टभित्र रहेको शीत भन्डारको मर्मतका निम्ति कामदारले गैरकानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाका क्रममा सुरक्षा अधिकारीले १२ व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij