भ्रष्टाचारको आरोप लागेका सुनिल र विकल पौडेल पक्राउ

भ्रष्टाचारको आरोप लागेका सुनिल र विकल पौडेल पक्राउ

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • भ्रष्टाचारको आरोप लागेका सुनिल र विकल पौडेल पक्राउ

    काठमाडौं । भ्रष्टाचारको आरोप लागेका सुनिल पौडेल र विकल पौडेल पक्राउ परेका छन् । सुनिलमाथि नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप लागेको छ । विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोप छ । प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना रहेकाले उनीहरुलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारको आरोप  छ । नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको र विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति पीआरसमेत लिएकाकाले भाग्ने जोखिम रहेको भन्दै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    दुई सचिवसमेत मुछिएको नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यतिबेला पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए । राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआईटीसी अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

    यस्तै, गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विकलसहित ९ जनाविरुद्ध मुद्दा हालेको थियो । अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij