दुई लाख ५० हजार घुस लिँदालिँदै ललितपुरका नापी सर्भेक्षकसहित तीन पक्राउ

दुई लाख ५० हजार घुस लिँदालिँदै ललितपुरका नापी सर्भेक्षकसहित तीन पक्राउ

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • दुई लाख ५० हजार घुस लिँदालिँदै ललितपुरका नापी सर्भेक्षकसहित तीन पक्राउ

    काठमाडौं । दुई लाख ५० हजार घुस लिँदालिँदै ललितपुरका नापी सर्भेक्षकसहित तीन पक्राउ परेका छन् । नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका हन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो । 

    उनीहरूलाई नापी कार्यालय परिसर ललितपुरबाटै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनाका लागि सेवाग्राहीसँग उनीहरूले घुस माग गरेको सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij