राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि शुरु भएको छ ।  गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको हो ।निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि शुरु भएको बताए ।  

    उनका अनुसार, यो अवधिमा उमेदवारका पक्ष रविपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ । राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij