काठमाडौं । नेपाल प्रहरीका बीस जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। बुधबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयबाट २० जना एसएसपीको सरूवा गर्ने निर्णय भएको हो।
यसरी सरुवा हुनेमा विश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेवी थापा, दीप शम्शेर.ज.ब.रा, रमेश कुमार बस्नेत, शारदा प्रसाद चौधरी, प्रज्वल महर्जन, जयराज सापकोटा, गोविन्द थपलिया, भोला बहादुर रावल, डम्वर बहादुर वि.क, अरुण पौडेल, अरुण पौडेल, दिप्रन्द्र घर्ति, माधव प्रसाद श्रेष्ठ, दिनेश कुमार आर्चाय, दिपक कुमार बस्नेत, किसन सिंह थापा, सुर्दशन प्रसाद, मनोज कुमार यादव र ईश्वर कार्की रहेका छन् ।


