काठमाडौं । उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शैयाको नयाँ अस्पताल सञ्चालनमा आएको छ । आधुनिक शल्यक्रियासहितको विशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवा प्रवाह गर्ने गरी गाईघाट सिटी हस्पिटल प्रालीले बुधवारदेखि नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो ।
सो अस्पतालले हिजोदेखि २४ सै घण्टा ईमर्जेन्सि सेवासहित आईसियू,एनआइसियू,अत्याधुनिक ल्याव,एक्सरे,भिडियो एक्सरे, ईन्डोस्कोपी, ल्याप्रोसकोपी र २४ सै घण्टा फार्मेसी सेवा शुरु गरेको हो ।
अस्पतालमा जेनरल वार्ड,प्राईभेट वार्ड,आधुनिक अप्रेशन थ्रेटर,डेलिभरी वार्ड र पोष्ट अप वार्ड सहितको सेवाहरु प्रवाह गरिने र यसका लागि अहिलेसम्म करिव १५ करोड रुपियाँ लगानी भईसकेको र अव करिव ५ करोड रुपैयाँ थप लगानी गरी कुनैपनि प्रकारको विरामिहरुको उपचार सेवामा सहजता ल्याउन अस्पताल ब्यवस्थापनले कमि नगर्ने प्रवन्ध निर्देशक रमेशकुमार आचार्यले जानकारी दिए ।
अस्पतालमा स्त्री तथा महिलारोगको विशषज्ञ सेवामा डा।डिएल यादव,जेनेरल फिजिसिएन सेवामा डा.विवेक प्रभाव साह,,बाल रोगको विशेषज्ञ सेवामा डा.सन्जिव साह, जनरल सर्जन सेवामा डा.कृष्ण यादव र हाड जोर्नि तथा नसारोग विशेषज्ञ सेवामा डा.अर्जुन दास संलग्न रहनुभएको सो पत्रकार सम्मेलजमा जानकारी दिइएको छ ।
उपचार प्रणालीमा प्रयोग हुने अति महङ्गा र आधुनिक उपकरणहरु अस्पतालका कक्षहरुमा जडान गरीएको र यसबाट सर्व साधारण नागरिकहरुले धरान विराटनगरलगायतका ठूला शहरहरुमा पाउने सेवा यहि प्राप्त गर्न सकिने भएकोले यो अस्पताल सञ्चालनमा आएसँगै अव गाईघाट बासिलाई स्वास्थ्य उपचारमा आर्थिक रुपले पनि निकै ठूलो राहत मिलेको स्थानीय औषधि ब्यावसायी विजय साहले बताए ।
विराटनगर धरान जस्ता ठूला सहरमा सञ्चालन भएका अस्पातलहरुले दिने उपचार सेवा त्यहाभन्दा करिव १० प्रतिशत कम शुल्कम यहि पाउन सकिने र होल बडि स्वास्थ्य परिक्षको शुल्क तत्कालका लागि ३ हजार ५ सय मात्र निर्धारण गरिएकोले यो सेवाका लागि आजैबाट सेवाग्राहीहरुको भीड बढेको अस्पतालका मुख्य डाक्टर डिएल यादवले बताए ।
गाईघाटबाट विराटनगर वा धरानसम्म विरामि लैजादा र ल्याउदा लाग्ने करिव १५ हजार रुपैयाँको एम्बुलेन्सको भाडा खर्च,थप अन्य वस्ने खाने लगायतका बन्दोवस्तिका खर्चहरु र उपचार शुल्क समेतमा १० प्रतिशतले बचत हुनेहुदा अव आम सर्वसाधारणका लागि गाईघाट सिटी हप्टिलले आर्थिक रुपमा पनि धेरै टेवा दिएको निदैशक आचार्यले बताए ।
करिव एकलाख १० हजार जनसंख्या रहेको त्रियुगा नगरपालिका र आसपासका अन्य पालिका लगायत छिमेकि जिल्लाहरु सिरहा,सप्तरी,खोटाङ्ग,शोलुखुम्बु,ओखलढुङ्गा र भोजपुर जिल्लासम्का विरामिहरुको लागि यो अस्पताल भरपर्दो उपचारका लागि उपयोगि हुने विस्वास गरिएको छ ।