चार डीआइजीको पदस्थापन, तीन जनाको सरुवा

चार डीआइजीको पदस्थापन, तीन जनाको सरुवा

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • चार डीआइजीको पदस्थापन, तीन जनाको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका ४ जना डीआइजीको पदस्थापन र ३ जना डीआइजीको सरूवा भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा रहेका डीआइजी कृष्णहरि शर्मा पोखरेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ। 

    डीआइजी दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ। डीआइजी मनोजकुमार केसीको विशेष ब्युरोमा र राजन अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ।

    त्यस्तै डीआइजी रामदत्त जोशीलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरूवा गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका लालमणि आचार्यलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाइएको छ। अर्जुन ठकुरी चन्दलाई कर्णाली प्रदेश प्रमुख बनाइएको छ।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij