भीमफेदीमा खोल्सामा कार खस्दा दुईजनाको मृत्यु, तीन जना घाइते

भीमफेदीमा खोल्सामा कार खस्दा दुईजनाको मृत्यु, तीन जना घाइते

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • भीमफेदीमा खोल्सामा कार खस्दा दुईजनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा नाम थर, ठेगाना नखुलेका एक बालिका र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा २ जना महिला र एक पुरुष घाइते भएका छन् ।

    मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड माइत भइ भारतको पिथौरागढ घर भएकी २१ वर्षीया मिना जोशी रहेकी छन्। मिनाको जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो।

    घाइते हुनेमा मृतक मिनाका पति ३० वर्षीय निरज भट्ट, दशरथचन्द नगरपालिका-६ गाजरीकी ४५ वर्षीया जानकी चुनारा, मेलौली नगरपालिका-२ का ७६ वर्षीय कृष्णबहादुर चन्द, पुर्चौडी नगरपालिका-५ कुवाकोटकी २८ वर्षीया निरा कुँवर, दशरथचन्द नगरपालिका-१० का २८ वर्षीय ललितराम टमटा, सोही ठाउँकी ३० वर्षीया निर्मला टमटा, निर्मलाका छोरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका-२ देहिमाडौँ माइत भएर भारतको पिथौरागढ घर भएकी २४  वर्षीया रतना कोहरा र रतनाका पति २६ वर्षीय किसन कोहरा रहेका छन्।

    घाइतेमध्ये जानकीको अवस्था गम्भीर, ललितरामको मध्यम र अन्यको सामान्य रहेको छ। घाइते सबैको जिल्ला अस्पतालमा भइरहेको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij