काठमाडौं । काभ्रेपलाञ्चोकको साँगामा रोकिरहेको ट्यांकरमा ६ वटा सवारीसाधन ठोक्किएका छन् । बुधबार साँझ सडकको छेउमा रोकिरहेको ट्यांकरमा मोटरसाइकल, स्कुटर, दुई वटा कार, टाटाको योद्धा र ट्रक ठोकिएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक र स्कुटर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घाइते हुनेमा बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्मचार्य छिन् ।