काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाको भित्री सडकखण्डमा बोडिङ्ग स्कूलका विद्यार्थी बोक्ने भ्यानमा आगलागी भएको छ ।
कावासोती नगरपालिका -५ पाँचकठ्ठा स्थितमा रहेको लर्ड बुद्व बोर्डिङ स्कूलको बा७च ५९९३ नं.को भ्यान मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अड्किन गई घर्षण हुँदा आगलगी भएको हो ।
आगलागीमा परेर सवारी चालक कावासोती १० का २८ वर्षका रोहित महतो घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थी पुर्याएर फर्कनेक्रममा भ्यानमा आगलागी भएको थियो । आगलागीको कारण भ्यान पूर्णरुपमा जलेको छ ।