काठमाडौं । काठमाडौंको कलंकीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलंकी बस्ने २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह रहेका छन्।
बुधाबार प्रहरी वृत्त कालिमाटीको टोलीले २ जनालाई पक्राउ गरेको हो। कलंकी क्षेत्रमा उनीहरूको समूहले गुण्डागर्दी गरी स्थानीयमाथि गाली गलौज तथा विभिन्न किसिमका धाक धम्की देखाउने, हातपात गरेको प्रहरीले जनाएको छ।
यसरी गुण्डागर्दी गरेको भन्दै प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो।