दाङको कोइलाबास–गढवा सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङको कोइलाबास–गढवा सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • दाङको कोइलाबास–गढवा सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

    काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

    भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो चिसापानीमा दुर्घटना भएको हो ।

     

    बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जनाइएको छ ।  घाइते सबैको अवस्था सामान्य छ ।

    दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएका छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij