अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द

अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द

    काठमाडौं । केही दिनदेखि बढेको गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको छ। दिनप्रतिदिन गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द हुन थालेका छन्।

    यसअघि रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

    उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।

    गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij