कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आजका लागि ताकिएको छ । 

    प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए । 

    मुख्यमन्त्री केदार कार्कीलाई पदबाट हटाउँदै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

    रिटमा कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij