बजेट वक्तव्यः भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट

बजेट वक्तव्यः भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बजेट वक्तव्यः भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट

    काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
      
    अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।
     
    २०८० साल कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij