पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

    बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

    कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij