काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको नाममा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गरिने भएको हो ।