सरकारले आगामी आर्थिक वर्षमा २७ अर्ब ९५ करोडको रासायनिक मल भित्र्याउने

सरकारले आगामी आर्थिक वर्षमा २७ अर्ब ९५ करोडको रासायनिक मल भित्र्याउने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • सरकारले आगामी आर्थिक वर्षमा २७ अर्ब ९५ करोडको रासायनिक मल भित्र्याउने

    काठमाडौं । सरकार किसानलाई रासायनिक मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले यसपटक कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने बताएका हुन् ।

    ‘कृषकलाई समयमै मलखाद आपूर्ति गर्ने सुनिश्चितताको लागि अनुदानको लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ,’ पुनले भने ।

    यस्तै, सरकारले उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ भने गाई(भैँसीको नस्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij