ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते, चार जनाको अवस्था गम्भीर

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते, चार जनाको अवस्था गम्भीर

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते, चार जनाको अवस्था गम्भीर

    काठमाडौं । धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका वडा नं. ४ पाथीभरा डाँडामा सिधुवाबाट मलामी लिएर त्रिवेणीघाटतर्फ जादै गरेको को १ त ९७३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका वडा नं। ५ का ४२ वर्षिय विरबहादुर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    दुर्घटनामा परि १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका चार जनालाई धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान पठाइएको छ ।

    अन्य १५ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा छथर जोरपाटी गाउँपालिका ५ का ६० वर्षिय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका ४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षिय रेगिन्द्र अधिकारीलाई थप उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

    चालकले इन्जिन चालु अवस्थामा ट्रयाक्टर रोकेर पिसाब फेर्न गएको बेला एक जना यात्रुले ट्रयाक्टर चढ्दा गियर समाएर चढ्न खोज्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij