काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गरेको छ । अदालतले उनले लिएको विश्वासको मत समेत संविधानसम्मत नभएको ठहर गरेको छ।
अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो । यो आदेशसंगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ ।