बागमतीमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा स्वदेशी काठको प्रयोग गरिने

बागमतीमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा स्वदेशी काठको प्रयोग गरिने

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • बागमतीमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा स्वदेशी काठको प्रयोग गरिने

    हेटौंडा । बागमती प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति  तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धि गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

    उनका अनुसार मानव र वन्यजन्तुको द्वन्द्व न्यूनिकारणका लागि आवश्यक व्यवस्था गरिने बताए । बाँदर बँदेल लगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने छ भने वनको पत्करबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

    डढेलो मुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार उपकरणसहित व्यवस्था गरिने छ । मौलिक पहिचानसहितको भवन निर्माण गर्न प्रोत्साहन गरिने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij