खोला तर्दा बेपत्ता भएका काकी भतिज मृत फेला

खोला तर्दा बेपत्ता भएका काकी भतिज मृत फेला

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • खोला तर्दा बेपत्ता भएका काकी भतिज मृत फेला

    काठमाडौं । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुबै जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

    पानीको भेल आएपछि सोही ठाउँका २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका थिए । दुवैजना नातामा काकी- भतिज पर्छन् ।

    उनीहरुलाई खोज्दै जाँदा सोमबार आज २ मिटर तल बासखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । बेपत्ता दुबैजनालाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij