काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सातदोबाटोमा बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकको ठक्करबाट काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहालको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ ।